बिन्दु

बिन्दु परियरले पठाएको म्यसेज जस्ताको तस्तै नेपालीमा अनुबाद गरिएको
म बिन्दु परियार , अहिले निकै चरचाको बिषयमा छु भन्दा केहि फरक नपर्ला । अहिले सम्म मिडिया मा जे जस्तो मेरो बारेमा कुरा आए पनि मलाई त्यसको मतलब छैन । हुन पनि मैले यहाँ अमेरिकामा गरेको काम नेपाली सोसाइटिमा नपच्ला र पच्दैन पनि । अब चरचाकै चासो र मानिस हरुका खुल्दुलीका लागी यो म्यासेज दिन जरुरी ठान्दछु । पढ्ने बुझ
्ने यदी नेपालमा जन्मेका छौ र आमाको दुध पिएका छौ भने यो कुरा अवस्य बुझ्ने छौ ।
मेरो अमेरिकाबाट सबै जनालाई अब आउने दशै र तिहार को शुभकामना ।
यो हो मेरो सच्चा कहाँनी ।
म धौलागिरी बोर्डइङ स्कुल बाट S.L.C र ज्ञानुबाबा बाट १२ क्लस उतृण गरी अहिले अमेरिका छु । हो मिडियामा आएको केहि कुरा ठीक पनि छ तर सबै हैन । हेमजा मेरो घर हो । बिष्णु पादुका स्कुल मेरो जिवनको दोस्रो स्कुल हो । पोखराको राम बाराही स्कुल बाट बिष्णु पादुकामा गए , त्यहाँ मैले ३ क्लस पास गरेपछी मेरो सानु बाउ जुन आहिले मेरो श्रीमान भनेर चरचामा छन तेसैले मलाई धौलागिरी बोर्डइङ स्कुल मा पढयको हो । मैले १२ पास गरे पनि मलाई मिडिया ले S.L.C समेत उतृण नगरेको भन्दा हासो लाग्यो र कता कता रिस पनि, नेपालमा मैले जस्तो लुगा लगएर हिडेपनि, मलाई नराम्रो नजरले हेरे पनि मेरो घर मा आएको मानिशहरुले मलाई म कस्तो खाले केटी हो भन्ने भुझेको छ । मेरो बारेमा मिडिया मा आएको कुरा सबै ठीक हैन । हो अमेरिकामा मैले Strip क्लब मा काम गरेको हो र बैश हुने बेला सम्मा गर्छु । यो डान्स नेपालमा सायद कुनै जिवनमा पनि गर्न नसकिएल र गर्न पनि नपरोस । हो मैले सेक्स पनि गरेको हो जुन अमेरिका मा लिगल छ यो कुरा नेपाल मा सबैलाई थाहा छ । म कुनै नेता वा मन्त्री हैन भाषान दिनलाई र दिन पनि चाहन्न । अब कुरा गरौ म अमेरिका कसरी आए भन्नु पर्दा मेरो भाज्ञ्य नै होला । मान्छे अमेरिका आउन मात्रै पाए भन्ने कतिले सोच्छन यो कुराम म १००% छु । कुरा के हो भन्दा म यहाँ झुठो आश्वसनमा आए । मेरो सानो बाउ भन्ने मान्छे मेरो सानी आमाको एक्स(ex) बुढो हो । सानी आमासँग ११ वर्ष बसेपछी मेरो दिदी पर्ने सिता परिवरलाई लयो त्यो बेला दिदी जम्मा १७ वर्षको हुनुहुन्थ्यो । लगेर यहाँ Tom Sewell ले दिदिलाई क्लब मा नचाउन पुरायो । हामी नेपालीलाई त के थाहा हुन्छ र नेपाल मा त छैन Strip क्लब । हुन त आजभोलि बार मा डान्स गरेर आफ्नो जिवन चलाउने दिदिबहिनीहरुलाई त भा…….., रन…….. भन्छन भने म त यस्तो क्लब मा काम गरे जहाँ डान्स मात्र नभएर आफुले लगाएको कपडा पनि खोल्नु पर्ने हुन्थ्यो । कारण थियो तेही Tom Sewell . मेरो १२ सम्म पदाउने खर्छ त्यसले नै दिएको थियो जुन मेरो लागी राम्रो थियो । अमेरिका आएर राम्रो लाईफ बनाउने कस्को इच्छा हुँदैन र ? त्यसैले मलाई यहाँ ल्याइयो । आएपछी मैले यहाँ स्कुल गए र GED पास गरे जुन नेपालको +२ जस्तै हो । नर्सिङ पढ्ने इच्छा थियो नेपालमा र त्यहाँ पनि त्यो पुरा हुन सकेन ।Tom ले नै यहाँ अमेरिका मा पढ्औछु भनेर Strip क्लब मा नचाउन बाध्य बनाको हो ।
त्यो क्लब मा काम गर्नु यहाँ ठुलो कुरा हैन तर काम सजिलो छैन । हो यदी राम्रो शरिर र जवनी छ, बोल्न जान्ने छ भने २-४ महिनामा नै करोडपती भाइन्छ ।Tom ले मलाई अमेरिका आउँदा लागेको खर्छ र नेपाल मा हुँदा पढ्आएको खर्छ समेत गरेर ५०,००० । (पचास हजार्) U.S डल्लर माग यो र नदिए ज्यान मार्ने धम्की समेत दियो । क्लब मा काम गर्दै जादा मैले कमाएको पैसा त्यसले खोस्न थाल्यो । मेरो म्यनेजरले क्लब मा नै पैसा जम्मा गर भनेर मैले त्यहाँ पैसा जम्मा गरेर मेरो परिवरलाई एउटा बस्ने बास बनाइदिए । मेरो लागि परिवार नै ठुलो हो । मान्छेले सोच्लान र प्रश्न गर्लान परिवार को बारेमा सोच्ने भए किन यस्तो गरिस भनेर ? त्यो सब घरी घरी भन्न नपर्ला । हो कमाको पैस बाट दिन मा २ सय जती जम्मा गरेर मेरो बाबा, आमा लाई बस्ने ठाउँ बनाइदिए । यती धनी भएको भए सायद मैले यस्तो काम गर्न नै पर्दैन थियो होला । Tom सँग अहिले कुनै सम्बन्ध छैन । मैले सेक्स भन्ने कुरा गरेको हो । नचाहदा नचाहादै भयो त मैले के गरम ? सेक्स अमेरिकामा इलिगल छैन । यहाँ जस्ले जती बेल गरे पनि कसैले केहि भन्दैन । सेक्स गरेर मैले १ रुपैया पाको छैन र पाउ भन्ने आशा पनि राख्दिन । थाइल्यन्द जादा बीच मा विकिनी लगाको र पोल मा नाचेरको फोटोहरु कुनै नौलो कुरा हैन र त्यस्तो फोटो छाप्ने केटी यो संसारमा म मात्र एक्लो हैन । आफु जुन देश मा छ त्यो देशको सन्कृती र रहनसहन मा बाच्न नजान्ने हो भने यहाँ दुख पाइन्छ । सेक्स यहाँ खुल्ला रुपले गर्छन र पोर्न फिल्म पनि धेरै भनेको छ । पाए र हुन सके पोर्न स्तर बन्नु मा पनि म पछी पर्दिन । जुन कामले तिमी संसारमा बाच्न सक्छौ र त्यस्ले तिमीलाई खुशी दिन्छ त्यो काम तिमीले गर्दा कुनै फरक पर्दैन । यहाँ धेरै छन सेक्स गर्ने र पैसा कमाउने हरु । मैले नेपाल मा नराम्रो काम केहि गरेको छैन र यहाँ पनि गरिन र गर्दिन पनि, यहाँ को काम जसरी चल्छ मैले त्यही गरे । मान्छे डाक्टर्, पाइलट्, इनजीनियर बनेर के नै गर्छ र ? त्यही पैसा कै लागि त हो । मैले मान्छे मरेको छैन, गल्ती गरेको छैन भने यो कुरालाई किन सगरमाथा भन्दा नि ठुलो बनाउन पर्‍यो र ? हो थाहा छ नेपाल कि छोरी भएर यस्तो काम गर्न सुहाउदैन तर जुन काम ले तिम्रो बाबु आमालाई सुख हुन्छ त्यो कम गर्न्दा कुनै नराम्रो हुन्न । हल्लेर, चोरेर, ठगेर, अरुलाई मारेर खानु भन्द त काम गरेर खानु बेस नि । मेरो कहाँनी भनेर कहिले सिध्धिन्न । अरुलाई यो मार्फत के भन्नु छ भने Tom मेरो बुढो हैन बुवा थियो र त्यो नमरुन्झेल बुवा नै हुनेछ । सेक्स भिडियोहरु मेरो जती पनि बनेका छन त्यो सबै Tom को जबर्जस्तिमा हो । Strip क्लब मा डान्स गर्नु मेरो रहर हैन बध्यता हो यो कुरा भ नि राख्न पर्दैन । मैले धेरै थोरै कमको पैसा मैले मेरो बा, आमा र भाई हरुका लागि खर्छ गरेकी छु ।Tom ले गर्दा यो सबै हुन पुगेको हो । सिता को कुरा ल्यएर मेरो कुरामा जोदिदा मान्छेलाई दोधार भएको छ । सिता र मेरो स्टोरी same same छ । तर हामी दिदी बहिनी Tom बाट धेरै टाढा छौ र खुशी पनि छौ । हो समाजले हामिलाई स्वकार्दैन तर पनि ठिकै छ जुन समाजले सबै कुरा गलत लिन्छ भने त्यो समाज के समाज ? पद्ने र बुझ्नेलाई यती म्यसेज भए हुन्छ नबुझ्ने र बुझे पनि बुझ पचाउनेलाई डाडु मा पानी तताएर मरे पनि खसै फरक पर्दैन । विदेशमा आएर दुख पाउन भन्दा नेपाल मा नै मर्नु जाती । मेरो आन्तिम भनाइ यही छ ।